अाजकाे भूकम्पमा परी एक जनाकाे मृत्यु


 


काठमाडाैं, मंसिर १३

सोमबार विहान गएको पराकम्पका कारण हिमपहिरो खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । एक विदेशी नागरिक घाइते भएका छन् ।

रामेछाप र सोलुखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो ।

सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार भूकम्पका कारण खसेको चट्टानले लागेर लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ । शेर्पासहितको टोली अमादब्लम हिमाल आरोहणका लागि गएको थियो र आधार शिविरमा बसेको थियो ।

पहिरो खस्दा बि्रटिश नागरिक पेरिन हिल सामान्य घाइते भएको हिमालयन गाइड्सका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनको उपचार काठमाडौंस्थित सेभिक ट्राभल मेडिसिन सेन्टरमा भइरहेको छ ।

क्याम्प टुबाट क्याम्प थ्री तर्फ जाँदै गर्दा भूकम्पका कारण हिम पहिरो खसेको थियो । हिम पहिरोमा परेका शेर्पाको टाउको र हातमा चोट लागेको थियो । घाइते ४५ वर्षका शेर्पालाई उद्धार गरी हेलिकोप्टरमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रजिअ पाण्डेले जानकारी दिए ।

आरोहण टोलीमा कति जना थिए भन्ने खुलेको छैन । तर, उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

भूकम्पका कारण खसेको पहिरोले लुक्लामा दुई घरमा पुरिएका छन् भने पोखरामा एउटा घर भत्किएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्