अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ


 


एजेन्सी, साउन १४
कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई आफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा प्रहरलिे पक्राउ गरेको हो ।

कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्, “प्रहरीले उहाँका छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ ।”

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप गत मार्चमा भास्केजले लगाएका थिए ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्