माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने


 


काठमाडौं, साउन १४
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ ।

यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो।

साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो ।

आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्