कांग्रेसले छान्यो १० राज्यमन्त्री


 


काठमाडाैं, मंसिर १४

कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता र दिलीप गच्छदारको टुंगो लागेको छ ।

पौडेल पक्षबाट दीपक खड्का, सुरेन्द्र आचार्य, कञ्चनचन्द्र बादेको टुंगो लागेको हो । नेता पौडेलले जापान जानुअघि नै यी तीनसहित जीवन परियारको नाम अन्तिममा हाल्दै सभापति देउवालाई पठाएका थिए ।

खुमबहादुर पक्षबाट इन्द्र बानियाँ र सिटौला पक्षबाट तारामान गुरुङ छन् । उनीहरूलाई दिइने मन्त्रालयको टुंगो लगाउन र प्रधानमन्त्रीलाई नाम बुझाउने जिम्मा सभापति शेरबहादुर देउवाले आइतबार नै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिएका थिए ।

मन्त्री निधिले प्रधानमन्त्रीलाई नाम बुझाउने र सोमबार नै शपथ लिने तयारी भए पनि हुन सकेन ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्