नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको बैठक बस्दै



nepal-and-india-flagकाठमाडौं , मंसिर १४

नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंमा बस्दैछ। बैठकमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको समिक्षा हुनेछ।

भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत रनजीत रे र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्ने बैठकमा नेपालका परराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारी तथा भारतीय दुतावासका उपप्रमुख, आर्थिक मामिला प्रमुख लगायतको सहभागिता रहनेछ।

बैठकमा सीमापार रेल परियोजना, अन्तरसीमा विद्युत प्रशारण लाइन, हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय अनुदान र ऋणमा सञ्चालन हुने परियोजना लगायतका विषयमा छलफल हुनेछ।

भारतीय लगानीमा सञ्चालित परियोजना अनुगमन गर्न र त्यसमा देखिएका समस्या समाधान गर्न संयन्त्र गठन भएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News