व्यवस्थापिका संसदको बैठक बस्दै


 


sansad-bhawan-of-nepalकाठमाडौं , मंसिर १४

व्यवस्थापिका संसदको बैठक मंगलबार बस्दैछ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिए।

प्रस्तावमाथि बोल्ने सांसदहरु थपिँदै गएकाले छलफल लम्बिएको छ। गएको कात्तिक ९ गतेदेखि प्रस्तावमाथि छलफल सुरु भएपनि संसद बैठक निकै कम मात्रै राखिएकाले छलफल टुंगिन नसकेको हो।

यसअघि मंसिर ५ गते सांसदहरुको सेवा सुविधा वृद्धि सम्बन्धि विधयेक पारित गरेको १० दिनपछि मंगलबार बैठक बस्न लागेको हो।

संसदले छलफल नसक्दा महाभियोग सिफारिस समितिले काम पाएको छैन।

संविधानमा व्यवस्था भए अनुसार कात्तिक ३ गते गठन भएको ११ सदस्यीय समितिले प्रस्ताव आएको ३० दिनभित्र कार्कीलाई महाभियोग लगाउनु पर्ने वा नपर्ने कारणसहितको प्रतिवेदन संसदलाई बुझाउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्