Deshko News
१४ आश्विन २०८०, आइतबार

डा.केसीको स्वास्थ्य अवस्था गम्भीर



16072016081904doctor_govinda_kc_hunger_st-1000x0काठमाडौं , मंसिर १४

सरकार र आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुग्दा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

यद्यपि, सरकार र अनशनरत डा. केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ । सरकारले गठन गरेको वार्ता टोलीले लगातारजसो डा. केसीका प्रतिनिधिसँग वार्ता गरिरहेपनि निष्कर्ष भने निस्किएको छैन ।

त्रिविका उपकुलपति डा. तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डिन डा. केपी सिंहलाई बर्खास्त गर्नुपर्ने डा. केसीको मागमा पुगेर विषय अड्किएको छ ।

सरकारी टोलीले उनीहरुलाई हटाउन नसकिने अडान राखेको छ भने डा. केसी उक्त माग पूरा नभएसम्म अनशन फिर्ता नलिने अड्डीमा छन् ।

वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै चिकित्सा शिक्षा र चिकित्सा सेवासम्बन्धी विभिन्न माग राख्दै डा. केसी १७ औं दिनदेखि अनशनमा छन् ।

वार्तामा संलग्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएकाले आफूहरु संवेदलनशील भएको बताएको भएपनि निकास अझै आउन नसकेको हो ।

सरकार भने अहिले डिनमा नियुक्त भएका डा. केपी सिंहको राजिनामाभन्दा सुधार प्रणालीको कार्ययोजना बनाई आगामी दिनमा लागु गर्ने पक्षमा देखिएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News