संविधान संशोधन अघि बढ्छ-प्रचण्ड


 


cm-prachandaकाठमाडौं , मंसिर १४

नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकबाट गराउने तयारी गरेको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन अनिवार्य छ र छिटै गर्नुपर्ने छ ।

पार्टीको पोलिटव्युरो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे आजैको मन्त्रिपरिषद बैठकबाट निर्णय गराउन प्रयास गर्ने बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले भने, ‘आज साँझ मन्त्रिपरिषद बैठक बस्दैछ र यो प्रक्रिया अब अघि बढ्छ ।’

राष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको छलफलमा पनि संविधान कार्यान्वयनका लागि संशोधन जरुरी भएको निष्कर्षमा राजनीतिक दलका नेताहरु पुगेको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्