कांग्रेसबाट सिफारिस राज्यमन्त्रीले कुन-कुन मन्त्रालय पाउने भए ?



congress-flag

काठमाडौं, मंसिर १४

नेपाली कांग्रेसले आफ्नो पार्टीको तर्फबाट १० राज्यमन्त्रीहरुको सूची प्रधानमन्त्रीलाई बुझाएको छ । पार्टी सभापतिले सिफारिस गरेको नाम उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीलाई बुझाएको स्रोतले जनाएको छ ।

सरकारमा कांग्रेसको नेतृत्व गरेका निधिले १० जना राज्यमन्त्रीहरुको नाम र मन्त्रालयसहित प्रधानमन्त्रीलाई पठाएका हुन् ।

स्रोतका अनुसार दिर्घसिंह भाट भौतिक योजना राज्यमन्त्री, सिताराम मेहेता वन र तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको लागि सिफारिस गरिएको छ ।

त्यस्तै सुरेन्द्र आचार्य सिंचाइ राज्यमन्त्रीमा सिफारिस भएका छन् भने सुवर्ण ज्वारचन शहरी विकास राज्यमन्त्रीको लागि सिफारिसमा परेका छन् ।

दिलिप गच्छदार श्रम राज्यमन्त्री, इन्द्र बानियाँ पर्यटन, दिपक खड्का खानेपानी तथा सरसफाइ, कञ्चन वादे उद्योग, मिठु मल्ल वाणिज्य राज्यमन्त्रीको लागि सिफारिस भएको कांग्रेस उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News