आँखा पाक्ने रोग देखा परेपछि विद्यालय एक साताका लागि बन्द


 


कामठाडौं, साउन १९ । आँखा पाक्ने रोग देखा परेपछि धनुषाको जनकपुरधामका विद्यालयहरू एक साताका लागि बन्द गरिएको छ।

आखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गएपछि साउन २१ गतेदेखि २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मिहिलाल यादवले जानकारी दिए ।

सम्भावित जोखिम न्यूनिकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरू बन्द गरिएको उनले बताइन् ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्