एनआरएनए जर्मनीको अध्यक्षमा निनाम्मा राई सर्वसम्मत चयन


 


जर्मनी, साउन २३
गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा निनाम्मा राई सर्वसम्मत चयन हुनु भएको छ । २०२३-२०२५ कार्यकालको लागि जर्मनी एनआरएनएको इतिहासमा नै पहिलो पटक महिला अध्यक्षको रुपमा उहाँ निर्वाचित हुनु भएको हो ।

राई यसअघि एनआरएनए जर्मनीको उपाध्यक्ष, एनआरएनए जर्मनीको एल सि सि मा २०११-२०१३ महिला सह संयोजक, २०१३-२०१५ मा महिला संयोजक, २०१५-२०१७ मा कोषाध्यक्ष, २०१७-२०१९ कोषाध्यक्षको कुशल भूमिका निर्वाह गर्दै २०१९-२०२१ मा उपाध्यक्षको रुपमा रहनु भएको थियो ।

युरोपका बिभिन्न क्षेत्रिय सम्मेलन बैठक देखी नेपालमा हुने माहाधिबेशनमा पटक-पटक सहभागिता जनाउनु भएकी राईले आईसीसी र एनसिसी एनआरएनए जर्मनीका सबै नेतृत्वहरुसित काम गर्ने मौका पाउनुका साथै लामो अनुभव हासिल गर्नु भएको छ ।

जर्मनीभरी छरिएर रहेका सम्पुर्ण नेपालीहरुको हकहित, सुरक्षा तथा सवलिकरणका लागि साथै एनआरएनए संस्था प्रति अपनत्वको भावना जगाउन आफ्नो विशेष पहल रहने उहाँको भनाइ छ ।

सबैले आफ्नै महसुस गर्न सक्ने एनआरएनए संगठनको निर्माण तथा सुद्दिकरण का लागि पहल रहेने नवनिर्वाचित राईले बताउनुभयाे ।
भोजपुरको साबिक बासिखोरा गाविस–५ हालको रामप्रसादराई गाउँपालिका ७ मा जन्मनु भएकी राई जननायक रामप्रसाद राईकी नातिनी हुनुहुन्छ ।

यसैगरी आइसिसी सदस्यमा चन्द्र कान्त आचार्य, वरिष्ठ उपाध्यक्षमा लोकमणि ढकाल, उपाध्यक्षहरुमा मेनुका त्रिपाणी,राजेश सुनार, हेम शर्मा, दिपक देबकोटा, अर्जुन ओली,महिला उपाध्यक्षमा करुणा राई, महासचिबमा सिजन दाहाल, उप महासचिबमा रुद्र केसी, सचिवमा राम कला पन्त,बलमान ओली, कोषाध्यक्षमा रबिन गौतम,सह कोषाध्यक्षमा लछमण जोशी, भाषा तथा साहित्य बालबालिका संयोजक मिरा अधिकारी, खेलकुद संयोजक कर्म तामाङ, इभेन्ट संयोजक इश्वर श्रेष्ठ, युवा संयोजक मनिश खनाल चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा सिबकला गुरुङ, रबिन लामिछाने, राजेशलाल श्रेष्ठ, दिपक लामा, दिपक धिताल, मिना कार्की, लक्ष्मी नारायण रिजाल, खेम लाल बिक र दिपु गुरुङ चयन हुनु भएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्