प्रधानमन्त्री दाहालको राजीनामा माग


 


prachanda
बुटवल , मंसिर १५
लुम्बिनी अञ्चलका गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लालाई ५ नम्बर प्रदेशबाट ‘अलग’ गरी व्यवस्थापिका–संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि स्थानीय आक्रोशित भएका छन् ।

बुधबार बिहान बुटवलका विभिन्न ठाउँमा विरोधजुलुस निस्किएको छ ।

संशोधन प्रस्ताव खारेजको माग गर्दै स्थानीय–विद्यार्थीहरुले चक्काजाम गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासमेत माग गरेका छन् ।

विद्यार्थी विरोधमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ भने त्यस क्षेत्रमा सवारी–साधन पनि चल्न सकेका छैनन् ।

मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीनओटा जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग गर्ने प्रस्ताव गरेपछि आक्रोश बढेको हो ।

सरकारी प्रस्तावको विरोध गर्दै गुल्मी, पाल्पा र अर्घाखाँचीमात्रै नभइ रुपन्देही जिल्लामासमेत आन्दोलन चर्किएको छ ।

पाल्पा, गुल्मी र अर्घाखाँचीको सबैभन्दा पायकपर्ने र सम्बन्ध जोडिएको व्यापारिक केन्द्र रुपन्देही हो ।

बसोवासका हिसाबले पनि ती जिल्लाका अधिकांशको पारिवारिक सम्बन्ध रुपन्देही, नवलपरासी र कपिलवस्तुमा छ ।

यसअघि, मंगलबार सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्