केसीको समर्थक र सरकारी वार्ता टोलीबीच  वार्ता हुँदै


 


16072016081904doctor_govinda_kc_hunger_st-1000x0

काठमाण्डौ , मंसिर १५

अनसनरत डा केसीको समर्थक र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुदैँछ ।

शिक्षा मन्त्रालयमा हुने वार्तामा केसीले अघि सारेका मागका विषयमा छलफल केन्द्रित हुने स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिएका छन ।

डाक्टर केसीको अनसन आज १८ औँ दिनमा पुगेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

तर उहाँले राखेका मागका विषयमा सरकारी वार्ता टोलीसंग पटक–पटक भएका वार्ता निष्कर्ष बिहीन भएपछि स्थिति अझै गम्भीर बन्न सक्ने देखिएको केसीका समर्थक चिकित्सकले बताएका छन् ।

यसैबिच त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेका छन् ।

रेजिडेन्ट डक्टर्स एशोसिएसनको बैठकले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्