माओवादी नेता रायमाझीले गरे पार्टी छोड्ने बोल्ड डिसिजन


 


CPN Maoist Centre leader Top Bahadur Rayamajhiकाठमाण्डौ , मंसिर १५

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एव्म संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्रस्ताव पारित भएपनि नभएपनि अब माओवादी केन्द्रमा नबस्ने निर्णय गरेका छन् ।

मंगलबार राति सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता गराएको भोलिपल्टै रायमाझी यस्तो निर्णयमा पुग्न लागेको स्रोतले जनाएको छ ।

नेता रायमाझीले संशोधन प्रस्ताव ल्याउनुभन्दा अघि नै यसको चर्को विरोध गरेका थिए ।

उनले ५ नम्बर प्रदेश कुनै हालतमा टुक्र्याउन नहुने चेतावनी दिएका थिए । तर उनको पार्टीको नेतृत्व रहेको वर्तमान सरकारले नै प्रस्ताव ल्याएपछि रायमाझी यतिवेला पार्टीमा नहरने स्थितिमा पुगेका छन् ।

उनले हिजोमात्रै एमालेका उपमहासचिव विष्णु पौडेल र काँग्रेसका नेता चन्द्र भण्डारीलाई भेटेका थिए ।

सरकारले ल्याएको संशोधन प्रस्तावको विरुद्धमा कसरी प्रस्तुत हुने विषयमा विशेष कुराकानी भएको स्रोतको दाबी छ । नेता रायमाझीले आजैमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगपनि विशेष कुराकानी गरेका छन् ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्