एउटै कुर्सीमा दुई राज्यमन्त्री बस्न खोजेपछि…


 


sundvik-children-s-chair-brown__0121523_pe278178_s4काठमाण्डौ , मंसिर १५

बुधवारमात्रै सपथग्रहण गरेका दुई राज्यमन्त्रीले शहरी  विकास मन्त्रालयको कुर्सी ताकेपछि कर्मचारी समस्यामा परेका छन् ।

सपथग्रहण लगत्तै मिठु मल्ल शहरी विकासमा पुगिन् । मन्त्रालयमा राज्यमन्त्रीको नाम बोर्ड सुवर्ण ज्वारचनको राखिएको थियो । तर, मिठु मल्ल म हो राज्यमन्त्री भन्दै गएपछि उनको नाम कागजले पि्रन्ट गरेर राखियो ।

त्यसको केहीबेरमा ज्वारचन पनि झण्डा हल्लाउँदै मन्त्रालयमा पुगिन् । उनले पनि आफूले शहरी विकास राज्यमन्त्रीमै सपथग्रहण गरेको बताउँदै कुर्सी मागिन् ।

एउटै मन्त्रालयमा दुई राज्यमन्त्री पुगेपछि निमित्त सचिव शम्भु केसीसहित कर्मचारीलाई समस्या परेको थियो ।
खासमा मल्ल वाणिज्य राज्यमन्त्री हुन् तर उनले आफू शहरी विकास राज्यमन्त्री दावी गरेका कारण समस्या आएको हो ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्