Deshko News
१८ आश्विन २०८०, बिहिबार

डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, ७४ जिल्ला प्रभावित



काठमाडौं, साउन २५ । नेपालमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

महाशाखाको तथ्यांकानुसार जनवरीयता अगस्ट ९ सम्म १० हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमणका कारण यो अवधिमा आठजनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका ६ हजार ४१ जना छन् । मोरङमा एक हजार ३४४ र धादिङमा एक हजार २७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कास्की, धनकुटा, झापा, संखुवासभा, तनहुँ, दार्चुला र काठमाडौं गरी १० जिल्लामा नौ हजार ६१२ जना संक्रमण देखिएको छ ।

यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा २५१ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News