सिम्रिक एयरले ल्यायो नयाँ हेलिकप्टर


 


downloadकाठमाण्डौ , मंसिर १५

सिम्रिक एयरले नयाँ हेलिकप्टर ‘बेल ४०७ जिएक्सपी’ नेपालमा ल्याएको छ ।

कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी अमेरिकी हेलिकप्टबारे जानकारी गराएको हो । लग्जरीयस ट्राभलका लागि उपयुक्त मानिने यो हेलिकप्टरमा ७ सिट रहेकोे छ ।

विशेषगरी यो हेलिकप्टर उद्धारमा प्रयोग हुने सिम्रिक एयरका प्रबन्ध निर्देशक क्याप्टेन रामेश्वर थापाले बताए ।

यसअघि फ्रान्समा निर्मित हेलिकप्टर उडाउँदै आएको कम्पनीले पहिलो पटक अमेरिकी हेलिकप्टर ल्याएको जनाएको छ ।

यो हेलिकप्टरमा ‘ग्लास फ्लाइट डेक’समेत रहेको कम्पनीले जनाएको छ । यो संगै सिम्रिक एयरसँग ४ वटा हेलिकप्टर पुगेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्