शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन


 


काठमाडौं, साउन २५ । निजी विद्यालय संगठनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले विरोध प्रदर्शन गरेका हुन्।

विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई अघि नबढाउन उनीहरुको माग छ ।

उक्त विधेयकले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याव्सन, हिसान र प्याव्सनले बिहीबार संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्