अब भाडामा लिनुस् ब्वायफ्रेन्ड, कस्काे दर रेट कति ?


 


विश्वमा यस्ता अनौठा काम पाइन्छन् सुन्दा पनि पत्यार लाग्दैन। जापानमा भाडामा ब्वायफ्रेन्ड पाइन्छ भन्दा तपाईलाई अनौठो लाग्छ ।

केही वर्ष पहिले सुरु भएको यो व्यावसायमा जापानी महिलाहरुले निकै रुची देखाएका छन् । ‘रोजशिप’ नामको यो सर्भिस मार्फत युवतीले आफ्नो मनलागेको युवक छान्न पाउँछिन्। केटा बुक गर्ने यो सर्भिसको मूल्य बुकिङ समयको हिसाबले तय गरिने गर्छ ।

यदी कोही केटी कुनै केटासंग २-४ घन्टाको लागि बुक गर्छिन् भने उनले १६२ देखि ३२५ डलर सम्म पैसा दिनुपर्ने हुन्छ । यो सर्भिस अन्तर्गत ‘गुड नाइट प्याकेज’ पनि उपलब्ध छ जसमा केटीले केटा पुरै रातको लागि बुक गर्न पाउँछिन् ।

यो प्याकेजको मूल्य ४०० देखि ८०० डलर पर्दछ। यो प्याकेज अन्तर्गत रातमा केटीले केटासंग ६ देखि १६ घन्टा सम्म समय बिताउन पाउँछिन्। जति लामो सर्भिस त्यति नै पैसा भने बुझाउनु पर्छ ।

यति मात्र होइन, सर्भिसमा रहेका केटाहरुले युवतीको चाहना अनुसार खाना पनि बनाउने गर्छन्। वाइन पिउँदै सुख-दुखका कुरा समेत गर्छन् ।

यो सर्भिसमा महिलाको उमेर ३-४० वर्ष र केटाको उमेर २०-३० वर्ष सम्म छ । एक युवतीले जति चाह्यो त्यति सङ्ख्यामा एक रातको लागि केटाहरु भाडामा लिन सक्छन् । एजेन्सी

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्