Deshko News
९ आश्विन २०८०, मंगलबार

एमालेले सदन अवरुद्ध गर्ने



kp oliकाठमाण्डौ , मंसिर १६

संविधान शसोधनको विरुद्धमा उत्रिएको प्रतिपक्षी दल एमालेले आज सदन अवरुद्ध गर्ने भएको छ ।

दिउसो १ बजे बैठक शुरु हुनासाथ एक एमाले सांसदले समय लिएर बोल्ने र त्यस पछि बैठक चल्न नसक्ने घोषणा गर्ने तयारी भएको छ ।

एमाले ससदीय दलका प्रमुख सचेतक भीम आचार्यले आज ससद अवरुद्ध गर्दै देशै भर कडा आन्दोलन गर्ने पनि बताउनु भयो ।

यसैबीच आज पनि एमाले कार्यकर्ताहरुले देशका विभिन्न जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।

नेता आचार्यले सासदहरुलाई समेत सबै निर्वाचन क्षेत्रमा गएर जनपरिचालन र आन्दोलनमा खट्न निर्देशन दिएको बताउनु भयो ।

यसै गरी एमालेले सविधान शसोधन विरुद्ध सर्वोच्च अदालतमा समेत मुद्धा दायर गर्ने तयारी गरेको छ । मुद्धा छिट्टै दायर गर्ने आचार्यले बताउनु भयो ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News