कार्कीको योग्यता मुद्धामा आज अन्तिम बहस हुदै


 


lokman karkiकाठमाण्डौ , मंसिर १६

अख्तियार दुरुपयोग अनसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यता सम्बन्धी पुनरावलोकन मुद्धाको सर्वोच्चमा आज अन्तिम बहस हुदैछ ।

अख्तियार प्रमुख बन्न कार्कीको योग्यता नपुगको जिकीर गरिएको पुनरावलोकन मुद्धामा अन्तिम फैसलाका लागि सुनुवाई सुरु गर्ने पेसी एक साता अघि तय भएको थियो ।

कार्कीको मुद्दा साप्ताहिक सूचीको पाँचौँ नम्बरमा छ । कार्कीले आफै अदालत उपस्थित भई म्याद बुझेसँगै उनको मुद्दा सुनुवाइका लागि साप्ताहिक पेसीका लागि तयार भएको थियो ।

प्रधानन्याधिश सुशीला कार्कीले तीन वा त्यो भन्दा धेरै न्यायाधीशको बेन्चमा सुनुवाईका लागि पेसी तोक्नु हुने छ ।

कार्कीविरुद्ध दर्ता निवेदन पुनरावलोकन भएकाले लिखित जवाफ पेस नगरी सुनुवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सो मुद्धामा निरन्तर सुनुवाई भए यहि मंसिर महिना भित्र फैसला हुनसक्ने प्रशासनले जनाएको छ ।

कार्की पक्षले भने बहसका लागि धेरै कानुन व्यवसायी नियुक्त गरी मुद्धा लम्ब्याउने रणनीति तयार गरेको बताइएको छ ।

संसदमा कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ताभएपछि कार्की अहिले निलम्बनमा रहेका छन् ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्