Deshko News
१४ आश्विन २०८०, आइतबार

संसद बैठक स्थगित



sansad-bhawan-of-nepalकाठमाडौं, मंसिर १६

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका–संसद बैठक अवरुद्ध गरेको छ ।

विहीबार संसद बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयकको विरोध गरे ।

उनले सरकारसँग संविधान संशोधन गर्ने नैतिक र संवैधानिक आधार नभएको जिकिर गरे ।

मधेस र पहाड छुट्याउने गरी ल्याइएको संशोधन नेपालीको हितमा नहुने भन्दै उनले संशोधन विधेयकविरुद्ध जारी विरोध प्रदर्शनहरुमा एमालेको साथ रहने पनि स्पस्ट पारे ।

जनभावनालाई कुल्चिने गरी, संविधानविपरीत हचुवाको भरमा संविधान संशोधन प्रस्ताव ल्याउने प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने उनको भनाइ थियो ।

एमालेको अवरोधपछि संसद बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News