किन पुग्यो पूर्वसांसहरुको टोली सर्वोच्च अदालत ?


 


sarbocha-adalatकाठमाडौं, मंसिर १६

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध रीट निवेदन लिएर पूर्वसांसहरुको टोली सर्वोच्च अदालत पुगेको छ ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव संविधानको धारा २७४ विपरीत भएको भन्दै त्यसलाई अघि नबढाउन अन्तिरिम आदेशको माग गर्दै पूर्व सांसदहरु रिट निवेदन लिएर अदालत पुगेका हुन् ।

रिट निवेदनमा पूर्वसांसद मञ्चका उपाध्यक्ष विष्णु राउत र झलकनाथ वाग्लेसमेत निवेदक रहेका छन् । उदयपुरका राउत एमालेका पूर्वसांसद हुन् भने जाजरकोटका वाग्ले नेपाली कांग्रेसका पूर्वसांसद हुन् ।

त्यसैगरी रिट निवेदनमा सिन्धुलीका एमाले पूर्वसांसद तथा पूर्वसांसद क्लबका महासचिव शंकर शर्मा र सप्तरीका कांग्रेस नेता ब्रह्मदेव यादवलेसमेत हस्ताक्षर गरेका छन् ।

त्यस्तै राष्ट्रियसभाका पूर्वसांसद शारदा पोख्रेल र अधिवक्ताद्वय विमल ज्ञवाली र अमर राउतले रिट निवेदनमा सही गरेका छन् ।

रिट निवेदनमा पहाड र तराईलाई छुट्याउने गरी मन्त्रिपरिषदले गरेको निर्णय असंवैधानिक एवं राष्ट्रिय हित विपरीत रहेको भन्दै अन्तरिम आदेशमार्फूत त्यसलाई रोक्न माग गरिएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्