सरकारले संविधान उल्लंघन गर्यो -गौतम


 


bamdev-gautamकाठमाडौँ, मंसिर १६

एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संविधान उल्लंघन गरेको आरोप लगाएका छन्।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष गौतमले संविधानको पालना गर्ने काम जनता भन्दा पहिले सरकारको भएपनि सरकारले नै संविधानको उल्लंघन गरेको बताए।

सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरको संशोधन प्रस्ताव ल्याएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्न गाह्रो हुन्छ भन्ने गरेको विषय उल्लेख गर्दै उनले त्यसको अर्थ संविधान पालना गर्न गाह्रो हुन्छ भन्ने भएको तर्क गरेका थिए।

नेता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि दुईवटा आरोप लगाएका छन्। संविधान नबुझेकोआरोप र बुझेको भएपनि उल्लंघन गरेको आरोप लगाएका छन्।

सरकारले नभएको अधिकार प्रयोग गरेर जनतालाई नै उत्पीडिनमा पारेको समेत उनको आरोप छ। उनले सरकार जुन बाटोतर्फ अगाडि बढ्दैछ त्यसले देशलाई बर्बाद पार्ने दाबी समेत गरेका छन्।

तराईलाई अलग राष्ट्रमा लैजान समेत संशोधन विधेयकले सहयोग गर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्