राष्ट्रपतिलार्इ किन भेटे प्रचण्डले ?


 


काठमाडाैं, मंसिर १६

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा विहीबार भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक दललाई मिलाएर लैजान सुझाव दिएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एकघन्टा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

पछिल्लो राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्दै आएका छन् ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्