सुरक्षित श्रमबारे सार्कस्तरीय गोष्ठी गरिँदै


 


seminarकाठमाडौँ, मंसिर १७

दक्षिण एसियाली मुलुकमा श्रम आप्रवासनलाई कसरी सुरक्षित र सजिलो बनाउने भन्ने विषयमा सार्कस्तरीय एकदिने गोष्ठी शुक्रबार काठमाडौंमा हुँदैछ ।

नेपालस्थित युरोपियन युनियन र सेन्टर फर साउथ एसियन स्टडिज्को आयोजनामा हुन लागेको मिडिया सेमिनारमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागिता रहने युरोपियन युनियनले जनाएको छ ।

ईयूले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा राजदूत रेन्से टिरिङ्कले गोष्ठी दक्षिण एसियाली क्षेत्रमा श्रम आप्रवासनलाई सुरक्षित बनाउने भन्ने विषयमा केन्द्रित हुने बताए ।

हालै ‘द्वन्द्वग्रस्त मुलुक सिरिया, अफगानिस्तानलगायत मुलुकबाट १० लाख मानिस युरोपमा शरणार्थी बनिरहेका छन् । श्रम आप्रवासनमा नयाँ चुनौती थपिएका छन्, त्यस्ता चुनौतीको सामना गर्ने उपाय खोजिने’ उनले बताइन् ।

युरोपियन युनियनले श्रम आप्रवासनसम्बन्धी विश्वव्यापी रणनीति हालै सार्वजनिक गरेको र सोहीअनुसार काम गरिरहेको राजदूतको भनाइ थियो ।

कार्यक्रममा श्रम आप्रवासनको असर, श्रमिकले भोग्दै आएका समस्यालगायतका विषयमा कार्यपत्र प्रस्तुत् हुने सेन्टर फर साउथ एसियन स्टडिज्का निर्देशक निश्चल पाण्डेले बताए ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्