भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर २४ गतेदेखि


 


melaभक्तपुर, मंसिर १७

भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आगामी मंसिर २४ गतेदेखि हुने भएको छ । व्यापार मेलाको तयारी करिब अन्तिम चरणमा रहेको आयोजक भक्तपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

संघको स्वर्णमहोत्सवको अवसर पारेर आयोजना हुन लागेको अन्तर्राष्ट्रिय व्यापार मेलामा स्थानीय उत्पादनसहित श्रीलंका, चीन, भारत, भुटान, बंगलादेश, पाकिस्तानका उत्पादन पनि रहने मेला संयोजक राजु मृगेन्द्र जोशीले जानकारी दिए ।

श्रीलंकाले २१ ओटा स्टल राख्ने तय भइसकेको जनाइएको छ ।

मेलमा मौलिक हस्तकलाका सामाग्री, घरेलु तथा लघु उद्यमका उत्पादन, सूचना–प्रविधि, कृषि उत्पादनसहितका करिब २०० ओटा अवलोकनकक्ष रहने संघले जनाएको छ ।

नेवारी मौलिक खानाका स्टल पनि रहने मेलामा बाँसुरीबाजा प्रतियोगिता हुने जनाइएको छ । हालसम्म ९२ प्रतिशत स्टल बुकिङ भइसकेको जनाइएको छ ।

६ दिनसम्म चल्ने व्यापार मेलाको करिब १ लाखले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको संघले जनाएको छ ।

संघले अन्तर्राष्ट्रिय व्यापार मेलाको समयमा कुनैपनि बन्द, हडतालजस्ता गतिविधि नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्