केसी र सरकारी पक्षबिच आज पनि वार्ता हुने


 


16072016081904doctor_govinda_kc_hunger_st-1000x0

काठमाण्डौ, मंसिर १७

त्रिवि शिक्षण अस्पतालका प्राध्यापाक डा. गोविन्द केसी र सरकारी पक्षबिच बिहीबार शिक्षा मन्त्रालयमा भएको वार्ताबाट निष्कर्ष ननिस्किएपछि आज पुनः वार्ता बस्ने भएको छ ।

वार्ता आज बिहान १० बजे पुनः बस्नेछ ।

प्रा. डा. केसीतर्फका प्रा. डा. वाग्लेले प्रधानमन्त्री र अनशनरत प्रा. डा. केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने बताइएको छ ।

त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहने बताइएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्