प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं, भदाैं ३
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठककमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नेलगायत सम्भावित कार्यसूची छ ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्