संसद बैठक आज पनि बस्दै


 


sansad-bhawan-of-nepalकाठमाण्डौ , मंसिर १७

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।

संविधान संशोधनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपनि आज बैठक अपरान्न ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय हित विपरित संशोधन विधेयक ल्याएको भन्दै प्रतिपक्षी दल एमालेले विधेयक नै टेबल हुन नदिने बताउदै आएको छ ।

यसअघि हिजोको संसद बैठक पनि एमाले सांसदहरुको अवरोधका कारण स्थगित गरेको थियो ।

एमालेसहित संशोधनको विपक्षमा रहेका राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेमकिपा लगायतका दलले विरोध जनाएपछि संसदको काम कारबाही प्रभावित भएको छ ।

प्रदेश नम्बर पाँचको सिमांकन हेरफेर गरी आएको संशोधन विधेयकले राष्ट्रिय एकता, सार्वभौम सत्ता र भौगोलिक अखण्डतामा आँच आउने एमालेको बुझाइ छ ।

सरकारले गत मंगलबार संसद सचिवालयमा दर्ता गरेको संशोधन विधेयक परिपक्व हुन पाँच दिन लाग्ने भएकाले संसदको अन्य कामकारबाही नरोक्न सभामुख ओनसरी घर्ती आग्रह गर्नुभएको छ ।

एमालेको अवरोवका कारण नेकपा माओवाद केन्द्रका सांसदहरुसँग मिलेर उसैले ल्याएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल समेत प्रभावित भएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्