समाजवादी मोर्चाको बैठक बस्दै


 


काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक बिहान साढे ७ बजे एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।

हिजो नै बस्ने भनिएको बैठक दलका नेताहरू व्यस्त भएका कारण स्थगित गरी आजका लागि सारिएको हो ।

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्