प्राध्यापक अधिकारी पाँच दिनदेखि बेपत्ता


 


काठमाडौं, भदौ ४ । हालै त्रिचनद्र कलेजबाट अवकाश पाएका प्राध्यापक डा. दलबहादुर अधिकारी पाँच दिनदेखि बेपत्ता भएका छन् ।

बिहीबार बिहान १०ः४५ बजेतिर घरबाट बाहिर हिँडेका अधिकारी सम्पर्कविहीन भएका हुन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ पञ्चकन्या निवासी अधिकारीको खोजी कार्य तीव्र पारिएको छ ।

भाइ आरबी अधिकारीका अनुसार उनी अल्जाइमरका बिरामी हुन् । उनी दिउँसो ४ बजेसम्म चौकी डाँडातिर देखिएका थिए । तर, त्यसपछि भने कहीँ कतै देखिएका छैनन् ।

कोलोनी क्षेत्रमा बसोबास गर्दै आएका उनले बाहिर निस्किने बेला जिद्दी गरेर हिँडेको गार्डले बताएका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्