संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगियौँ -महतो



rajendra-mahatoविराटनगर ,मंसिर १७

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगिएको बताएका छन् ।

सो पार्टीद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको मागको पूर्णरुपमा सम्बोधन नभएकाले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष महतोले मधेसी, थारु, आदिवासी र जनजातिलाई शासनमा हिस्सेदारीका लागि संघीयता चाहिएको प्रसंग उल्लेख गर्दै संघीयताविरोधी मानसिकताबाट ग्रस्त केही दल र व्यक्तिले वर्षौंदेखि शोषित–पीडित समुदायलाई अधिकार दिन नखोजेको आरोप लगाए ।

संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि सरकार सकारात्मक हुनुपर्ने उल्लेख गर्दै उनले यथास्थितिमा प्रस्ताव पास गर्न खोजियो भने सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

उनले राष्ट्रियसभामा एक प्रदेशबाट तीनओटा सदस्य निर्धारण गरेको र बाँकी सदस्य पदमा स्थानीय निर्वाचित पदाधिकारीको आधारमा गर्दा मधेसको प्रतिनिधित्व घट्ने भएकाले सो मान्य नहुने स्पस्ट पारे ।

अध्यक्ष महतोले प्रमुख राजनीतिक दल गैरजिम्मेवार बनेको आरोप लगाउँदै सीमांकनका र भाषिक समस्या विगतमा आयोगले बुझाएको प्रतिवेदनका आधारमा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News