राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा बस्दै


 


काठमाडौं, भदाैं ५
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दै छन् । आज विहान साढे ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बस्न लागेको हो ।

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।

प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्