आइओएमका डिनले दिए राजीनामा


 


keshab-prasad-sing-deanकाठमाडौं, मंसिर १७

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले उनलाई बीस दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो ।

त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्