सदन खुलाउन सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बस्दै


 


काठमाडौं, भदाैं ६
सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजेका लागि बोलाएका छन् । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन चल्न दिएको छैन ।

सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो । संसद् बैठक साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमाले ले सदन अवरुद्ध गर्दै आएको छ ।

सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ । तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्