यी हुन् कुलमानका ‘तगारा’, अब कारबाहीमा


 


काठमाडाैं, मंसिर १८

नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रस्दा अग्रवाल,मनोजकमुरा मिश्र र सुरज लामिछानेलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

चित्तबुझ्दो जबाफ नदिएमा उनीहरुलाई मन्त्रालयले हटाउन सक्नेछ । उपाध्यायले नागरिकसँग भने,‘मन्त्रालयले तीन सञ्चालकलाई सातदिने म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।’उर्जा सचिव प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन्छन् ।

यसअघि उर्जामन्त्री जनार्दन शर्माले उनीहरुलाई तुरुन्त स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । आजको नागरिकमा खबर छापिएको छ ।

शर्माले सचिव उपाध्यायसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए ।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्