संविधान संशाेधन र प्रदेश टुक्राएकाे विराेधमा अाज कहाँ के हुँदैछ ?



birodhकाठमाडाैं, मंसिर १८

अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा शनिवार विहानैदेखि आन्दोलन सुरु भएको छ ।प्यूठानका उद्योग व्यवसायीहरु बजार बन्द गरेर सडकमा उत्रिएका छन् । आज जिल्लाका १० बजार इलाकाहरुमा उद्योग व्यवसायीहरुले दवाव मुलक र्‍याली तथा कोण सभा गरेका छन् ।

प्यूठान उद्योग बाणिज्य संघको आव्हानमा बजार इलाकाहरुले आन्दोलन गरेका हुन् । संविधान संशोधन मार्फत प्रदेश नं. ५ लाई टुक्राउन नहुने भन्दै उनीहरुले प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

हिमाल, पहाड र तराईलाई अलग बनाएर मुलुकको आर्थिक समृद्धि नहुने व्यवसायीहरुले बताएका छन् । अखण्ड ५ नं. प्रदेश कायम गर, संविधान संशोधन प्रस्ताव फिर्ता गर, हिमाल पहाड तराई कोहि छैन पराई लगायतका नारा समेत लगाएका छन् ।

जनभावनाको सम्वोधन गर्न सरकारसँग उनीहरुले माग गरेका छन् । जनभावना विपरित हुने प्रदेश सिमांकन हुन नसक्ने उद्योगहरुको भनाइ छ ।

यसैबिच संविधान संशाेधन प्रस्तावकाे विराेधमा युवा तथा विद्यार्थीहरूले भारतीय दुतावास अगाडी घेराउ गरिरहेका छन् । उता पाल्पाकाे ठाउँमा विराेध जुलुस प्रर्दशन भइरहेकाे पत्रकार भगवान भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News