केसी र सरकारी पक्षबीच आज पनि वार्ता हुँदै


 


16072016081904doctor_govinda_kc_hunger_st-1000x0
काठमाडौं, मंसिर १८
चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित बिभिन्न ९ वटा माग राखेर २१ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच आज फेरि वार्ता हुने भएको छ ।

गए राति अबेर सम्म भएको वार्ता निश्कर्षमा नपुगेपछि आज पनि वार्ता गर्न लागिएको हो ।

डा. केसीले राखेका मागमध्ये चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहले राजीनामा दिएपछि सरकारी पक्षले उहाँलाई अनसन तोड्न आग्रह गरेका थिए ।

तर केसीले भने चिकित्सा शिक्षामा चलखेल गर्न खोज्ने आरोप लगाउँदै त्रिविका उपकुलपति तीर्थ खनियाँले राजीनामा दिएमात्र अनसन तोड्ने अडान लिनुभएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राखेर यसअघि नै बिभिन्न मितिमा ९ पटक अनसन बसेका केसीको यो सबैभन्दा लामो अनसन हो ।

गएराति स्वास्थ्य मन्त्री गगन थापा समेत सहभागी भएको वार्तामा नयाँ डिन नियुक्तिका लागि प्रा.डा. कुमुदकुमार काफ्लेको संयोजकत्वमा सर्च कमिटी गठन गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्