अमेरिकी सेनेटका वैदेशिक मामिलाका सदस्य होलेन नेपाल आउँदै


 


काठमाडौं, भदाैं १०
अमेरिकी सिनेटको वैदेशिक मामिला तथा विनियोजित उपसमिति सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउनेभएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौता आउँदो १३ भदौबाट लागू हुन गइरहेका बेला होलेन नेपाल आउन लागेका हुन् । उनी एमसिसी परियोजना लागू हुने आसपास नेपालमा आउने कार्यतालिका छ । उनको भ्रमण तालिकामा अमेरिकी सहयोग परियोजनाको विषय पनि महत्वपूर्ण एजेन्डा छ ।

होलेनको सचिवालयले दिएको जानकारीनुसार उनले नेपाल, श्रीलंका र मालदिभ्सको भ्रमण गर्नेछन् । उनले नेपाल भ्रमणका क्रममा प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगका नेताहरू, गैरनाफामूलक संस्था, स्थानीय दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरूसँग भेटघाट र छलफल गर्ने कार्यतालिका छ ।

नेपालमा रहँदा होलेनले राजनीतिक दलका प्रमुखहरूलाई भेट्नेछन् । अमेरिकाका प्रभावशाली सिनेटर रहेका होलेनले नेपाल भ्रमणमा संयुक्त राज्य अमेरिकी सहयोग परियोजनाहरू र सांस्कृतिक महत्वका स्थानहरूको भ्रमण गर्नेछन् । नेपालमा एमसिसी परियोजना लागू हुने समय तालिकाको हुन लागेको होलेनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रकाशित मिति: १० भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्