संसोधन प्रस्तावमा दलीय सहमती जुटाउने माओवादी केन्द्रको निर्णय


 


prachandaकाठमाडौँ, मंसिर १८

सत्तारुढ दल नेकपा माओबादी केन्द्रले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा दलीय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बसेको हेडक्वाटर बैठकले संशोधनका लागि अधिकतम् सहमति जुटाउन दलहरुसँगको छलफललाई तिव्रता दिने निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेस, मधेसी मोर्चा र सत्ता गठबन्धनका अन्य दलसँग थप छलफल गरी संविधान संशोधनमा सहमति जुटाएर पारित गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्दै निर्वाचनमा जुट्ने निर्णय गरेको छ । आजको बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराउनु भएको थियो ।

बैठकले पार्टीको आगामी कार्ययोजना, रिक्त पोलिट्ब्युरो र सचिवालयलाई छिटै पूर्णता दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्