Deshko News
१३ आश्विन २०८०, शनिबार

फागुन ६ देखि ९ सम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय



ra-pra-paaa-2काठमाडौं, मंसिर १९

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा एकताको महाधिवेशन गर्ने भएको छ ।

राजधानीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तहमा पार्टी एकीकरण गर्न बुद्धिमान तामाङको नेतृत्वमा बनेको समितिले ल्याएको प्रतिवेदनलाई अनुमोदन गरेको हो ।

योसँगै स्थानीय तहमा एकीकृत अधिवेशनहरु गर्न बाटो खुलेको छ ।

व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि भने थप छलफल आवश्यक भएको भन्दै राप्रपाले अझै ठोस धारणा तय गर्न सकेको छैन ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News