भारतीय राजदूत रे ले मधेसी माेर्चालार्इ मिलाएपछि प्रचण्ड भए यसरी खुसी



काठमाडाैं, मंसिर १९

आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त गरेका छन् ।

शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाएर उनीहरुको भावी रणनीतिबारे छलफल गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री प्रचण्डलाई भेटी मधेसीमोर्चाले लचकता देखाएको भन्दै तत्काल उनीहरुसँग वार्ता गर्न आग्रह गरेका हुन् ।

रेकै सुझाव अनुसार प्रचण्डले शनिबार साँझ मधेसी नेतासँग बैठक गरेपछि मोर्चाको सुरक्षित अवतरणका लागि दुवैतर्फबाट संशोधनमा सामान्य परिमार्जन गर्न सहमति भएको स्रोतले उल्लेख गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News