केसी आज अनसन तोड्दै, के–के भयाे सहमति ?


 


16072016081904doctor_govinda_kc_hunger_st-1000x0
काठमाडौं, मंसिर १९

चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिन देखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन आज तोडिने भएको छ । डा केसीको माग संबोधनका लागि गठन भएको सरकारी वार्ता टोली र केसी पक्षका प्रतिनीधिविच भएको १२ बुदे सहमति पछि आज केसीको अनसन तोडिने भएको हो ।

उनीहरु विच भएको १२ बुदे सहमति पत्रमा डा केसीले आज विहान ९ बजे पछि हस्ताक्षर गर्ने र अनसन तोड्ने बताइएको छ । केसीको त्रिवि उपकुलपतिको बर्खास्तीको मागमा उच्चस्तीय न्यायिक समिति बनाउने र सोको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको छ ।

समितिमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षाविद् केदारभक्त माथेमा लगायत रहनु हुनेछ । सो समितिले आवश्यक छानविन गरी गल्ती देखिए कारबाहि गर्ने सहमति भएको छ । डा केसीको वरिष्ठताको आधारमा डिन नियुक्ति गर्नु पर्ने माथ भने पुरा भइसकेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्