व्यवस्थापिका संसद बैठक बस्दै


 


sansad-bhawan-of-nepal

काठमाडौं, मंसिर १९

व्यवस्थापिका संसद बैठक आज बस्दै छ । बैठक नया बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजे पछि बस्ने छ ।

आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि थप छलफल गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सह प्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पछिल्ला दुइ संसद बैठक अवरुद्ध गरेका कारण छलफलको कार्यसूचि प्रभावित बन्दै आएको छ ।

एमालले सो संशोधन विधेयक सरकारले फिर्ता नदिए सम्म बैठक चल्ल नदिने बताएको छ ।

कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफल अन्तिम चरणमा पुगे पनि एमालेको अवरोधका कारण संसदले सिफारिस समितिमा पठाउन सकेको छैन ।

सो प्रस्ताव माथि अव नाम टिपाएका मध्य १० जना सांसदले मात्र बोल्न बाँकी रहेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्