बिदाको दिन विद्यालय सञ्चालन नगर्न काठमाडौं महानगरको चेतावनी


 


काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो ।

तर, महानगरपालिकाले दिएको सार्वजनिक बिदाको दिनमा पनि कतिपय नीजि विद्यालय सञ्चालन भएको पाइएपछि महानगरपालिकाले बिदाको दिनमा विद्यालय सञ्चालन नगर्न सचेत गराएको हो ।

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्