केसीको २२ दिन लामो अनसन तोडियो


 


16072016081904doctor_govinda_kc_hunger_st-1000x0काठमाडौं, मंसिर १९

सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । र, केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।

भूकम्पमा परेका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनसन सुरु गरेका थिए ।

उनका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको छ ।

डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् ।

सहमति अनुसार अब चिकित्सा एन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।

त्रिवि उपकुलपतिको बर्खास्तिको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्