किन स्थगित भयो संसद बैठक ?


 


sansad-bhawan-of-nepalकाठमाडौं, मंसिर १९

संसद बैठक मंसिर २२ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबार विपक्षी दलका सांसद आफ्नो सीटमा बस्न नमानेपछि सभामुख ओनसरी घर्तीले आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।

संविधान संशोधन विधेयकविरुद्ध एमाले लगायतका विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले बोलेलगत्तै विपक्षी दलका सांसदहरु आफ्नो सिटबाट उठेका थिए ।

संसदको अर्को बैठक २२ गते दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढाउन कार्यसूची थियो ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्