यस कारण भयाे संसद बैठकमा होहल्ला



sansad-bhawan-of-nepalकाठमाडौं, मंसिर १९

व्यवस्थापिका संसदको बैठकमा भारतले राप्रपालाई एकीकरण गराएको र एमाले बिभाजन गर्ने प्रयास भइरहेको भनिएपछि केहीबेर होहल्ला भएको छ ।

आइतवार संसद बैठक शुरु हुनासाथ प्रमुख विपक्षी एमाले लगायत अन्य साना बामपन्थी पार्टीका सांसदहरु उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।

विपक्षी सांसदहरु उठेपछि सभामुख ओनसरी घर्ती मगरले नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरलाई बोल्ने समय दिइन् ।

उनले संविधान संसोधन नेपाली जनताको माग नभई भारत सरकारको चाहना बमोजिम हुन लागेको भन्दै त्यसमा समर्थन जनाउन नसकिने बताइन् ।

उनले भारतले आफ्नो अनुकुल संविधान संसोधन गराउन दुई तिहाई बहुमत पुर्‍याइदिनकै लागि राप्रपा र राप्रपा नेपालको एकीकरण गराएको र एमाले फुटाउन समेत षड्यन्त्र गरिरहेको बताएकी थिइन् ।

सांसद थापा मगरले त्यसो भन्नासाथ राप्रपाका सांसदहरु उठेर आपत्ति जनाएका थिए ।  उनीहरुले त्यो भनाईर् संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेपछि केहीबेर होहल्ला भयो ।

सांसद थापा मगरले भारतीय दूतावासमा गएर भोज खाने मधेशी मोर्चाका नेताहरुले मधेशी जनताको नाममा भारत सरकारको सेवकको काम गरिरहेको आरोप लगाइन् ।

विदेशीको इशारामा ल्याएको संविधान संसोधन बिधेयक फिर्ता नभएसम्म संसद बैठक अघि बढ्न नदिने बताएपछि सभामुखले केहीबेर विपक्षी सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरिन् ।

तर प्रमुख विपक्षी सहित विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उभिएर बसेको अवस्थामा संसदको कारवाही अघि बढ्न नसक्ने भन्दै सभामुखले मंसिर २२ गतेसम्मका लागि बैठक स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News