केे भारत एमाले फुटाउन लागेकै हाे ?



anuradha-thapa-magarकाठमाडाैं, मंसिर १९

व्यबस्थापिका संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्ष दलसहित साना दलहरुले अवरोध गरेका छन् । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावविरुद्ध ती दलहरुले संसद बैठक आइतबार तेस्रो दिन पनि अवरोध गरेका हुन ।

आजको बैठक सुरु हुनासाथ एमाले, जनमोर्चा, नेकपा माले र नेमकिपाका सांसदहरु आफ्नो स्थानमा उभिँएर प्रस्तवाको विरोध गरेका थिए ।

बैठकमा नेमकिपाका सांसद अनुराधा थापा मगरले संशोधन प्रस्ताव भारतको ईशारामा सरकारले ल्याएको बताइन् ।

उनले, संविधान संशोधन नेपाली जनताको चाहना नभएको र प्रस्तावको पक्षमा दुई तिहाई पुर्याउन भारतले नै दुई राप्रपाको एकीकरण गराएको तथा एमाले पार्टी फुटाउन खोजिरहेको आरोप पनि लगाइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News